बिहिवार, आश्विन ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ असोज । किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई (युगसन किरात) चयन भएका छन् । जिल्ला समन्वय समितिको समिक्षालय हलमा बुधबार राती सम्पन्न यायोक्खाको नवौं सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
उनी यसअघि यायोक्खाको सचिवको भुमीकामा थिए । यायोक्खाको उपाध्यक्षमा इन्द्रकुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सह–सचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीता राई र सह–कोषाध्यक्षमा डार्विन राई चयन भएका छन् ।
सदस्यमा जयन्ती राई, सेतुमान राई, राजहरी राई, लंकशेर राई, नरेशकुमार राई, समिता राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएको यायोक्खाले जनाएको छ ।