Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन

    खोटाङ : म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन


    • शुक्रवार, आश्विन ७ २०७९

    • नेपाल वाइड


    खोटाङ : म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन
    फायल तस्बिर

    खोटाङ, ७ असोज । खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एबं प्रहरी निरिक्षक रामबालक रायले बताए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आव्हान गरेको थियो ।

    म्यादी प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलीप्याडमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।

    गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पुर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ देखि १३ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने सुचना अधिकारी एबं प्रहरी निरिक्षक रायले बताए ।

    परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार