Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ठेकेदार सम्पर्क विहिन बनेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै

    ठेकेदार सम्पर्क विहिन बनेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै


    • सोमवार, आश्विन १० २०७९

    • नेपाल वाइड


    ठेकेदार सम्पर्क विहिन बनेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै
    चखेवाभञ्ज्याङ–सेखुवा सडक अन्तरगत बाँझेच्यानडाँडामा जेसिभि प्रयोग गरेर पहिरो पन्छाइदै । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, १० असोज । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठ्माण्डौं सम्पर्क विहिन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो ।

    वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाधरुपमा सवारी साधन सञ्चालनमा ल्याउनेगरी सडक मर्मत सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको छ ।

    बिशेषगरी दशैंतिहार र छठ जस्ता चाडवाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहिबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए ।

    निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्यवं पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो ।

    सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, डिएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरिक्षण गरेका छन् ।

    काठ्माडौं–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

    वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय बताउँछन् । चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए ।

    चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो ।

    चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ ।

    5.jpg

    1.jpg

    4.jpg

    3.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, डिएसपी मञ्जिल मुकारुङ लगायतको टोली चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड अन्तरगतका सडक खण्डहरुको स्थलगत निरिक्षण गर्दै ।

    सम्बन्धित समाचार