Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नगरका करार कर्मचारीको अवधि पुस मसान्तसम्म थप

    नगरका करार कर्मचारीको अवधि पुस मसान्तसम्म थप


    • बिहिवार, आश्विन १३ २०७९

    • नेपाल वाइड


    नगरका करार कर्मचारीको अवधि पुस मसान्तसम्म थप
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, १२ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुःन थप गरेको छ । गत साउन ४ गते बसेको नगर कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षको दुई महिना मात्र करारका कर्मचारीको अवधि थप गर्ने निर्णय गरेको नगरपालिकाले आसन्न निर्वाचनलाई लक्ष्यित गर्दै आगामी पुस मसान्तसम्मका लागि करार अवधि लम्व्याउने निर्णय गरेको हो ।

    आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई कारण देखाउँदै कार्यपालिका बैठकबाट पुःन चार महिना करार अवधि थप गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

    १५ वडा रहेको नगरपालिकाले गत असार १ गतेदेखि लागूहुने गरी करारका २८ कर्मचारीलाई भने हटाएको थियो । करारका कर्मचारी हटाउने नगरको सो निर्णय बिरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले बिरोध जनाउँदै आएको थियो । कार्यपालिका बैठकले भर्खरै कृषि तथा पशु सेवातर्फ करारका कर्मचारी पदपूर्ति गर्ने निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

    नगरपालिकाले संघीय सशर्त अनुदान शिर्षक अन्तरगत विभिन्न शिर्षकमा थप भइ आएको बजेटहरु यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश नभएको हुँदा तत्काललाई उक्त बजेटहरु सम्वन्धित शिर्षकमा खर्च गर्ने, राजस्व बाँडफाँड लगायतका केही शिर्षकहरुको बजेट निकासा नभएको हुँदा विभिन्न शिर्षकहरुमा तत्काललाई अन्य श्रोतबाट श्रोतान्तर गरी खर्च गर्ने र उल्लेखित खर्च सम्वन्धी निर्णयहरु आगामी नगरसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको छ ।

    यस्तै, कम्पोष्ट मल प्लान्ट सञ्चालन कार्यविधि स्वीकृत गर्ने, नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रममा समावेश भएको बाली तथा पशु बीमा अनुदान कार्यक्रम सञ्चालन सम्वन्धमा कृषि बीमा कम्पनी र नगरपालिका बीच सम्झौता गरी कृषि, पशुपन्छी तथा जडिबुटी निर्देशिका, २०७९ बमोजिम हुने वीमामा कृषकले व्यहोर्नुपर्ने वीमा रकमको ५० प्रतिशत रकम नगरपालिकाले अनुदान स्वरुप व्यहोर्ने, निश्चित मापदण्ड तोकी इन्जिनियरिङ सेवा अन्तरगतका प्राविधिक कर्मचारीहरुलाई आयोजना व्यवस्थापन खर्च (कन्टिन्जेन्सी)बाट फिल्ड भत्ता उपलव्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता घिमिरेले जानकारी दिए ।

    दिक्तेलबजार क्षेत्रमा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गरी स्थानीयबासीको माग बमोजिम निश्चित दुरीमा स्पिड ब्रेकर (होम्स) राख्ने र सोका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक बजेट व्यवस्थापन गर्ने, विजय दशमी अगाडि परम्परागत रुपमा चली आएको गोरेटो–घोरेटो बाटोघाटोहरु सरसफाई गर्ने कार्यलाई सबै वडाहरुबाट कुटो–कोदालो तथा सरसफाई अभियानको रुपमा विभिन्न राजनैतिक दल, टोल विकास समिति, सामाजिक संघसंस्था, क्लव, शिक्षक, कर्मचारी लगायतको सहभागीतामा टोल टोलमा कम्तीमा तीन दिन सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    सम्बन्धित समाचार