Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : भारी वर्षाले घरमा क्षती

    खोटाङ : भारी वर्षाले घरमा क्षती


    • बिहिवार, आश्विन १३ २०७९

    • नेपाल वाइड


    खोटाङ : भारी वर्षाले घरमा क्षती
    वर्षापछि भत्किएको दिक्तेलका कुलबहादुर बस्नेतको घर ।

    खोटाङ, १३ असोज । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहिबार राती परेको अविरल वर्षाका कारण बस्नेतको दुई घरमध्ये एक घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो ।

    बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ ।

    यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षती पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए ।

    कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छ्न । हाल क्षतीको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतीको जानकारी नआएको बताए ।

    सम्बन्धित समाचार