बिहिवार, आश्विन १३ २०७९
खेमराज पुरी
खोटाङ, १२ असोज । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा कुकुर र बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ । बिश्व रेबिज दिवसको अवसरमा जलेश्वरीका ८५ वटा कुकुर र १२ वटा बिरालोलाई रेबिज विरुद्धको खोप निःशुल्क दिइएको हो । छुट भएका कुकुर र बिरालोलाई दशैंपछि खोप दिने तयारी गरिएको वडाध्यक्ष भक्तबहादुर तामाङले बताए ।
७ वडा रहेको गाउँपालिकामा हालसम्म ९४० वटा पशुलाई रेबिज विरुद्धको खोप लगाइसकिएको छ । गाउँपालिकामा हालसम्म ४० वटा पशुलाई कुकुरले टोकेको गाउँपालिकाका पशु शाखा संयोजक प्रमोदकुमार राजभण्डारीले बताए ।