Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार खत्रीलाई सोसल जर्नालिष्ट अफ द इयर अवार्ड

    पत्रकार खत्रीलाई सोसल जर्नालिष्ट अफ द इयर अवार्ड


    • शनिवार, आश्विन १५ २०७९

    • नेपाल वाइड


    पत्रकार खत्रीलाई सोसल जर्नालिष्ट अफ द इयर अवार्ड
    अवार्ड ग्रहण गर्दै पत्रकार दिलीप खत्री ।

    खोटाङ, १५ असोज । खोटाङका पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड प्राप्त गरेका छन् । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ अन्तरगत पत्रकार खत्रीले सोसल जर्नालिष्ट अफ द इयरको अवार्ड प्राप्त गरेका हुन् ।

    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर शुक्रबार दुबईमा कार्यक्रम गर्दै ३४ जनालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ वितरण गरेको छ । त्यसमध्ये पत्रकार खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाएका हुन् ।

    खत्री नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष हुन् । पत्रकार खत्री खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमको प्रकाशक/सम्पादक हुन् । उनी प्रकाशक र सम्पादक रहेको खोटाङखबर साप्ताहिकले जिल्लामा निरन्तर प्रकाशन भएको र नेपाल सरकारको बर्गीकरणमा पर्ने पहिलो पत्रिकाको इतिहास रचेको छ ।

    एसियन मुलका सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

    सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।

    सम्बन्धित समाचार