शनिवार, आश्विन १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ असोज । काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ । काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् ।
बसमा दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । गुड्दागुड्दै बसमा आगो बल्न सुरु भएपछि यात्रुको भागाभाग भएको थियो ।
प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोली घट्नास्थल पुगेको छ । बसमा भएको आगलागीमा दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको भन्दै घटनास्थलमा यात्रुको रुवाबासी भइरहेको छ ।




