Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि खोटाङमा गठबन्धनबाट पासाङको उम्मेदवारी

    प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि खोटाङमा गठबन्धनबाट पासाङको उम्मेदवारी


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि खोटाङमा गठबन्धनबाट पासाङको उम्मेदवारी
    प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका भूपेन्द्र राई ।

    खोटाङ, २३ असोज । प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि खोटाङमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले टिकट पाएका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिँचाई तथा उर्जा मन्त्रीका रुपमा काम गरिसकेका राईले यसपल्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा फड्को मारेका हुन् । उनी २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पनि सांसदमा बिजयी भएका थिए ।

    यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एबं खोटाङ सह–इन्चार्ज हुन् ।

    कांग्रेसका राई प्रदेश महामन्त्री एबं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । गठबन्धनका उम्मेदवारले मनोनयन दर्ताका लागि दिउँसो तीन बजेको समय माग गरेका छन् । यद्यपी, गठबन्धनको टिकट वितरणप्रति कांग्रेसभित्र भने असन्तुष्टी देखिएको छ ।

    सम्बन्धित समाचार