Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङका दलहरुलाई मनोनयन दर्ताको चटारो

    खोटाङका दलहरुलाई मनोनयन दर्ताको चटारो


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    खोटाङका दलहरुलाई मनोनयन दर्ताको चटारो
    खोटाङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

    खोटाङ, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खोटाङका दलहरुलाई मनोनयन दर्ताको चटारो लागेको छ । नेकपा एमालेका उम्मेदवारले आइतबार दिउँसो १ बजे मनोनयन दर्ता गर्ने तयारी गरेको छ । गठबन्धनका उम्मेद्वारले मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष दिउँसो तीन बजेको समय माग गरेको छ ।

    यस्तै, गठनबन्धनको निर्णय विरुद्ध असन्तुष्ट कांग्रेस नेताले पनि छुट्टै मनोनयन दर्ताको तयारी गरेको छ । मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ताको उपस्थितिले दिक्तेलबजारमा चहलपहल बढेको छ ।

    नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा बिशाल भट्टराई, प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ ।

    गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले टिकट पाएका छन् । यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् ।

    यद्यपी, गठबन्धनको निर्णयप्रति असहमती जनाउँदै असन्तुष्ट कांग्रेसले प्रतिनिधिसभा र दुबै प्रदेशसभामा आफ्नै उम्मेदवार उठाउने जनाएको छ । जिल्ला कार्य समितिको बैठक बसेर संघ र दुई प्रदेशमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिएको कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईले बताए ।

    सम्बन्धित समाचार