Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

    खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन
    मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ जादै खोटाङ गठबन्धनका उम्मेदवारहरुलगायत ।

    खोटाङ, २३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।

    यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि गठबन्धन दलका उम्मेदवार र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

    यस्तै, गठबन्धन दलका उम्मेदवार बिरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै कांग्रेसका सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेश (क) मा सुवासकुमार पोखरेल र प्रदेश (ख)मा धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    सम्बन्धित समाचार