Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सर्वधन राई र सुवाश कुमार पोख्रेलले लिए उम्मेदवारी फिर्ता

    सर्वधन राई र सुवाश कुमार पोख्रेलले लिए उम्मेदवारी फिर्ता


    • बुधवार, आश्विन २६ २०७९

    • नेपाल वाइड


    सर्वधन राई र सुवाश कुमार पोख्रेलले लिए उम्मेदवारी फिर्ता
    नेता सर्बधन राई र सुवाश कुमार पोख्रेल ।

    खोटाङ, २६, असोज । खोटाङबाट प्रतिनिधी सभा र प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सर्बधन राई र सुवाश कुमार पोख्रेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

    नेपाली कांग्रेसका पुर्वराज्यमन्त्रि सर्वधन राईले प्रतिनिधी सभा र महाधिवेशन प्रतिनिधि सुवाश कुमार पोख्रेल प्रदेश ‘क’ मा दिएकोे आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    प्रतिनिधिसभा सदस्य र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राई र पोख्रेलले आयोगले दिएको निर्धारित समयमै उम्मेदवारी फिर्ता लिएका हुन् । तोकिएकैै समय अवधिमा राईको उम्मेदवारी उनका प्रतिनिधि राजन सैंजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा पुगेर फिर्ता लिएका हुन ।

    यस्तै प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन । निर्वाचन आयोगले गत आईतबार दर्ता गराएको उम्मेदवारी फिर्ता लिन आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको थियो ।

    खोटाङ कांग्रेसलाई टिकट बाँडफाँडकाक्रममा असन्तुष्टि जनाउदै पुर्वराज्यमन्त्रि सर्वधन राई, महाधिवेसन प्रतिनिधिद्धय सुवाश कुमार पोख्रेल र धर्मराज पोख्रेलले गठबन्धनकै विरुद्धमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । यता धर्मराज पोख्रेलले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

    सम्बन्धित समाचार