Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा गठबन्धन बिरुद्धका सर्वधन र सुवासको उम्मेदवारी फिर्ता, धर्मराजको कायमै

    खोटाङमा गठबन्धन बिरुद्धका सर्वधन र सुवासको उम्मेदवारी फिर्ता, धर्मराजको कायमै


    • बिहिवार, आश्विन २७ २०७९

    • नेपाल वाइड


    खोटाङमा गठबन्धन बिरुद्धका सर्वधन र सुवासको उम्मेदवारी फिर्ता, धर्मराजको कायमै
    गठबन्धन बिरुद्ध बागी उम्मेदवारी कायम राखेका कांग्रेसका धर्मराज पोखरेल ।

    खोटाङ, २७ असोज । खोटाङमा गठबन्धन विरुद्ध प्रदेशसभा (क)मा बागी उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

    गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पुर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पुर्वसभापति सुवासकुमार पोखरेलले बुधबार उम्मेदवारी फिर्ता लिए पनि पोखरेलले उम्मेदवारीलाई निरन्तरता दिएका हुन् ।

    निर्वाचन आयोगले दिएको समय अनुसार राई र पोखरेलका प्रतिनिधिले बुधबार दिउँसो १ बजे अगावै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ताका लागि निवेदन दिएका थिए । धर्मराजले भने गठबन्धनको केन्द्रीय निर्देशन विपरित आफ्नो राजनैतिक भविष्य दाउमा राखेर स्वतन्त्र उम्मेदवारी कायम राखेका हुन् ।

    कांग्रेस तीन नेताहरुले गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।

    गठबन्धनबाट प्रदेशसभा ‘ख’मा उठेका नेपाली कांग्रेसका भूपेन्द्र राई विरुद्ध भने स्वतन्त्र उम्मेदवारी परेका थिएनन् । धर्मराजको मनोनयन फिर्ता नभएपछि गठबन्धनबाट प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । पोखरेलको उम्मेदवारी फिर्ता नभएपछि गठबन्धनका उम्मेदवार असन्तुष्ट छन् ।

    एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएको भन्दै कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    गठवन्धन जोगाउने नाममा जनमत कम भएको नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट कांग्रेसले जनाएको छ ।

    निर्णय सच्याउनका लागि गत शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो । उनीहरुले गठबन्धनबाट प्रतिनिधिसभामा उठेका पासाङलाई सघाउनु पर्नेभए कांग्रेसबाट प्रदेशसभा ‘क’बाट स्वतन्त्र उम्मेद्वार कायम राखेका पोखरेललाई माओवादी केन्द्रले सघाउनु पर्ने शर्त अघि सारेको छ ।

    सम्बन्धित समाचार