Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीमा चरम ढिलासुस्ती, मेयर भट्टराई गए डेलीगेसन

    दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीमा चरम ढिलासुस्ती, मेयर भट्टराई गए डेलीगेसन


    • शनिवार, आश्विन २९ २०७९

    • नेपाल वाइड


    दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीमा चरम ढिलासुस्ती, मेयर भट्टराई गए डेलीगेसन
    सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई डेलीगेसनमा सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा । तस्बिर : सौजन्य निश्चल श्रेष्ठ

    खोटाङ, २९ असोज । खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडक अन्तरगत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो ।

    अस्पतालचोक–दुबेचिवा (३ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम ढुकुछु/बगाले/बिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।

    यस्तै, दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो ।

    उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । तर करिब चार महिना म्याद बाँकी रहदा दुबै सडक खण्डको काम निरासाजनक छ ।

    सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबिचका सडक हिलाम्मे हुने गरेको छ ।

    मेयर भट्टराई पुगे डेलीगेसनमा

    दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका छन् ।

    मेयर भट्टराईले बिहिबार कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका छन् । इन्जिनियर कर्णले निर्माण व्यवसायीलाई तत्काल फोन गरेर एक साताभित्र काम सुरु गर्न निर्देशन दिएको मेयर भट्टराईले बताए ।

    ‘निर्माण व्यवसायीले समयमा काम नगरी कर्तव्यविमुख हुँदा मात्तिम–रतन्छा हुँदै साकेला जाने नागरिक पीडा खेप्न वाध्य छन् । एक साताभित्र काम सुचारु नगराए अन्यथा नयाँ शिराबाट काम गराउने समझदारी भएको छ,’ भट्टराईले भने, ‘यती गर्दा पनि काम सुरुवात नभए नागरिकको हितलाई मध्यनजर गर्दै नगरपालिकाले कडाभन्दा कडा कदम चाल्ने तयारी गरेको छ । हामी आन्दोलनदेखि विभागसम्म डेलीगेसन दिन पुग्छौँ ।’

    अस्पतालचोक–दुबेचिवा सडक खण्डमा सामान्य काम भए पनि दुबेचिवा–साप्सुखोला सडक खण्डमा भर्खर मात्र काम सुरु भएको मेयर भट्टराईले बताए ।

    सम्बन्धित समाचार