Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पटका खरिद विक्री एवं पड्काउन रोक

    पटका खरिद विक्री एवं पड्काउन रोक


    • सोमवार, कार्तिक ७ २०७९

    • नेपाल वाइड


    पटका खरिद विक्री एवं पड्काउन रोक
    फायल तस्बिर

    खोटाङ, ६ कात्तिक । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारकोबेला पटका, भुइचम्पा र रकेट जस्ता विष्फोटक र ज्वलनशील पदार्थको ओसार–पसार, खरिद विक्री एवं प्रयोगमा रोक लगाएको छ ।

    आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसार–पसार, खरिद विक्री र प्रयोगमा पूर्णतः रोक लगाएको जनाएको छ ।

    प्रशासनले कोही कसैबाट पटका, भुइचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद विक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

    तिहारका समयमा पटका, भुइचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सुचना जारी गर्दै बन्देज लगाएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले जारी गरेको सुचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झै–झगढा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउसीभैली सञ्चालन गर्न सुचना जारी गरेको छ ।

    सम्बन्धित समाचार