मंगलवार, कार्तिक १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ कात्तिक । गाईवस्तुका लागि खोले पकाउनेक्रममा सल्किएको आगोले खोटाङमा घर जलेको छ । नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी भोर्लेका रबिन राईको मतानका साथै घर जलेको हो । सोमबार लागेको आगोले घरको माथिल्लो तलामा राखिएको काठपात लगायत जल्दा करिब पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।