बिहिवार, कार्तिक १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ कात्तिक । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई चुनाव लक्षित क्रियाकलाप नगर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै गाउँपालिका अन्तरगत कार्यरत केही शिक्षक तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीले निर्वाचन आचार संहिता विपरीत चुनाव लक्षित क्रियाकलाप गरेको गुनासो प्राप्त भएको भन्दै गाउँपालिकाले त्यस्ता क्रियाकलाप नगर्न निर्देशन दिएको हो ।
शिक्षक तथा कर्मचारीलाई निर्वाचन आचार संहिता–२०७८ विपरीतका गतिविधि नगर्न भनिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । निर्वाचन आचार संहिता विपरित क्रियाकलाप गरे/गराइएको स–प्रमाण पूष्टि भए त्यस्ता शिक्षक तथा कर्मचारीलाई नियमानुसार कारबाही हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।