Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मा : वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा

    दिप्रुङ चुईचुम्मा : वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा


    • शुक्रवार, कार्तिक १८ २०७९

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा : वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ, १८ कात्तिक । वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको हो ।

    दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राती सुनसरीमा निधन भएको थियो । नेपालीको निधनपछि बिहिबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रीयापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै निधन भएको थियो ।

    जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि नेपालीलाई धरान पुर्‍याइएको थियो । धरानमा शल्यक्रीयापछि आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको निधन भएको भाई बिजय नेपालीले बताए । लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो ।

    शल्यक्रीया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । शल्यक्रीयापछि सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरवाही गरेको श्रीमान बलराम चर्माकारले गुनासो गरे । नेपाली गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् ।

    सम्बन्धित समाचार