Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङलगायत तीन जिल्लामा टेलिफोन अवरुद्ध

    खोटाङलगायत तीन जिल्लामा टेलिफोन अवरुद्ध


    • सोमवार, कार्तिक २१ २०७९

    • नेपाल वाइड


    खोटाङलगायत तीन जिल्लामा टेलिफोन अवरुद्ध
    सांकेतिक तस्बिर

    खोटाङ, २१ कात्तिक । नेपाल टेलिकमको अप्टिकल फाइवर लिंकमा खरावी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलीफोन सेवा अवरुद्ध भएको छ । फाइवर लिंकमा खरावी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलीफोन सेवा अवरुद्ध भएको हो ।

    खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दुरीमा रहेको रेग्मीटार आसपासमा फाइवर लिंकमा खरावी आएकाले टेलीफोन सेवा अवरुद्ध भएको नेपाल दुरसंचार कार्यालय खोटाङले जनाएको छ ।

    टेलीकमका सबै सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सर्वसाधारण समस्यमा परेका छन् । फाइवर लिंक मर्मतका लागि टोली पठाइसकिएको दुरसंचार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले बताए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यक्रम भइरहेका बेला फोन अवरुद्ध भएपछि सम्पर्क र समन्वयमा वाधा पुगेको छ ।

    सम्बन्धित समाचार