Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    निर्वाचनको पुर्वसन्ध्यमा प्रधानसेनापति शर्मा खोटाङमा

    निर्वाचनको पुर्वसन्ध्यमा प्रधानसेनापति शर्मा खोटाङमा


    • शनिवार, कार्तिक २६ २०७९

    • नेपाल वाइड


    निर्वाचनको पुर्वसन्ध्यमा प्रधानसेनापति शर्मा खोटाङमा
    प्रधानसेनापति प्रभुराम शर्मालाई मायाको चिनो प्रदान गर्नुहुदै मेयर विमला राई र उपमेयर रमेश राउत ।

    खोटाङ, २६ कात्तिक । निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्वन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् । निर्वाचनको शान्ति सुरक्षा व्यवस्था बारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताए ।

    खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् । उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन् ।

    भेटमा निर्वाचनको सुरक्षा सम्वन्धी कुराकानी भएको मेयर राईले बताईन् । ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्धेश्यका बारेमा शेयरिङ गर्नुभएको थियो ।’

    सम्बन्धित समाचार