Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ओली जी कुरा गर्नुहुन्छ, काम गर्नुहुन्नः डा. महत

    ओली जी कुरा गर्नुहुन्छ, काम गर्नुहुन्नः डा. महत


    • बुधवार, कार्तिक ३० २०७९

    • नेपाल वाइड


    ओली जी कुरा गर्नुहुन्छ, काम गर्नुहुन्नः डा. महत
    खोटाङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकासशरण महत । तस्बीरः दमन राई

    खोटाङ, ३० कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुरा गर्ने तर काम नगर्ने आरोप लगाएका छन् ।

    वाम लोकतान्त्रिक गठबन्धनले खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै डा. महतले अव देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् ।

    “ओली जी कुरा गर्नुहुन्छ काम गर्नुहुन्न । काम गर्ने नेतृत्वको आवश्यकता छ । यो गठबन्धनले काम गरेर देखाउँछ,” डा. महतले भने, “विकासको आकांक्षा, उन्नतीको आकांक्षा, युवाको रोजगारीको आकांक्षा पुरा हुनेछ ।”

    करिब तीन मिनेट मात्र संबोधन गरेका महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको आरोप लगाएका छन् । गठबन्धनले संविधानलाई रक्षा गर्दै विकास निर्माण, संमृद्धि, रोजगारी सिर्जना गर्ने डा. महतको भनाई थियो ।

    उनले हलेसी, किरात सभ्यताको उद्गमथलो तुवाचुङ लगायत रहेको खोटाङको साँस्कृतिक, आर्थिक लगायतका पक्षको विकास गर्नु गठबन्धनको उद्धेश्य रहेको उल्लेख गरे । खोटाङमा बार्‍है महिना चल्ने सडक, गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्यका लागि दुविधा नराखी गठबन्धनलाई मत दिन डा. महतको आग्रह थियो ।

    सम्बन्धित समाचार