बिहिवार, मंसिर १ २०७९
नेपाल वाइड
खोटाङ, १ मंसिर । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङबाट मतपत्र, मतपेटिका सहित मतदान स्थलतर्फ जाने तयारी गरिरहेका कर्मचारीहरु ।
४ मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी बस र जीप रिजर्भ गरेर मतदान स्थलतर्फ गइरहेका छन् ।
दिक्तेल आसपासका एक/दुई मतदान केन्द्र बाहेक अन्य केन्द्रका निर्वाचन सामग्री बुझाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।
निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।







