बुधवार, मंसिर ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ मंसिर । प्रदेशसभा (ख)मा गठबन्धन (कांग्रेस)का उम्मेदवार भूपेन्द्र राई एमालेका रामप्रसाद दंगाल भन्दा १ हजार १७६ मतले अघि छन् । भूपेन्द्रले १३ हजार ७५५ र रामप्रसादले १२ हजार ५७९ मत पाएका छन् ।
प्रदेशसभा (ख)मा बराहपोखरी गाउँपालिकाको मत मात्र गन्न बाँकी छ । हालसम्म २८ हजार ६१९ मत गणना सकिँदा जसपाका प्रेमकुमार राईले ८३९ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले २८६ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले ९८ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले ९८ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।