Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी

    खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी


    • बिहिवार, मंसिर ८ २०७९

    • नेपाल वाइड


    खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी
    रामकुमार राई ‘पासाङ’

    खोटाङ, ८ मंसिर । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उठेका राईले एमालेका बिशाल भट्टराईलाई दुई हजार ६६९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ भत पाएका छन् ।

    नवनिर्वाचित राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री हुन् । २०६२/०६३ मा तत्कालिन माओवादी निकट सैन्य विभागको सोलु सल्लेरी बिग्रेड कमिसारको जिम्मेवारी सम्हालेका राई २०६४ को पहिलो संविधानसभा सदस्य र २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा बिजयी भएका थिए ।

    २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई २०७० को दोश्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

    निर्वाचन परिणाम अनुसार जसपाका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्रका जयन्द्रकुमार राईले २३९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरले १३१ मत पाएका छन् । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ४०८ मत खसेको थियो । दुई हजार ९८६ मत बदर भएको छ ।

    सम्बन्धित समाचार