Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर

    खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर


    • शुक्रवार, मंसिर ९ २०७९

    • नेपाल वाइड


    खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर
    मत गणना गर्दै कर्मचारी । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, ९ मंसिर । खोटाङमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेकामध्ये पाँच हजार ६३९ मत बदर भएको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको ६७ हजार ४०८ मतमध्ये दुई हजार ९८६ मत बदर भएको छ ।

    यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रदेशसभा (ख)मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको देशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो । समानुपातिकतर्फ खसेको मत पनि बदर भएको छ ।

    पछिल्लो परिणाम अनुसार समानुपातिकतर्फ दुई हजार दुई मत बदर भएको छ । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ ।

    निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेपछि बदरको दर अधिक देखिएको हो । मतदाता शिक्षा अन्तरगत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमूना मतदान गरेको थियो । तर अपेक्षा गरे अनुसार मत बदर दर घटेको देखिएन ।

    प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका बिशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

    प्रदेश (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् ।

    प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् ।

    सम्बन्धित समाचार