शुक्रवार, मंसिर ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ मंसिर । खोटाङमा समानुपातिक मतमा नेकपा एमालेले अन्य दललाई पछि पारेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फको पछिल्लो मत गणनाको परिणाम अनुसार एमालेले कांग्रेस, माओवादी केन्द्र लगायतका दलले भन्दा बढि मत पाएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फको ३७ हजार १५६ मतको गणना सकिँदा एमालेलाई १४ हजार ५५ मत प्राप्त भएको छ ।
समानुपातिकमा कांग्रेसलाई १० हजार १७४, नेकपा माओवादी केन्द्रलाई ६ हजार ६२२, जसपालाई १ हजार ११२, नेकपा (एकीकृत समाजवादी)को १ हजार ५९१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६१८ मत पाएको छ । जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत गएको छ । कतिपय दलले एक मत पनि पाएका छन् । शुक्रबार दिउँसोसम्ममा २ हजार २ मत बदर भएको पाइएको छ ।
राप्रपाको ३०७, राष्ट्रिय जनमोर्चाको २८, नेपाल मजदुर किसान पार्टीको ५९, लोकतान्त्रिक समाजवादी पार्टीको १७, जनमत पार्टीको १९, मौलिक जरोकिलो पार्टीको १, नेपाल समावेसी पार्टीको २९, हाम्रो नेपाली पार्टीको २४, जनता प्रगतिशिलको ७, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीको ५, राष्ट्रिय नागरिक पार्टीको १ मत आएको छ ।
यस्तै, नागरिक उन्मुक्ती पार्टीलाई ४, नेपालका लागि नेपाली पार्टीलाई १२, राप्रपा नेपाललाई ४, मितेरी पार्टी नेपाललाई २, बहुजन एकता पार्टी नेपाललाई ७, नेपाल कम्यूनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)लाई १२१, मंगोल नेशनल अर्गनाइजेसनलाई ३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई ८, नेश्नलिष्ट पिपल्स पार्टीलाई ६, नेपाल लोकतान्त्रिक पार्टीलाई ३, राष्ट्रिय जनमुक्ती पार्टीलाई ३, नेपाल कम्यूनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)लाई ५, नेपाली कांग्रेस (बीपी)लाई ७, तराई मधेश लोकतान्त्रिक पार्टीलाई ११ मत गएको छ ।
नेपाल जनता पार्टीलाई ३, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लाई १७, पिछडावर्ग निषाद दलित जनजाति पार्टीलाई ३, नेपाल कम्यूनिष्ट पार्टी परिवर्तनलाई ८, नेपाल कम्यूनिष्ट पार्टीलाई ५, बहुजन शक्ति पार्टीलाई १, विवेकशील साझा पार्टीलाई ५, एकीकृत शक्ति नेपाललाई ३, नेपाल संघीय समाजवादी पार्टीलाई २३, जनजागरण पार्टी नेपाललाई ११ मत प्राप्त भएको छ ।
यस्तै, सामाजिक एकता पार्टी/नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टीलाई १५, आमूल परिवर्तन मसिहा पार्टीलाई ६०, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)लाई १४ र नेपाली जनता दललाई ३१ मत झरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना जारी छ । प्रदेशसभातर्फको समानुपातिक मत गणना बाँकी नै छ ।