शनिवार, मंसिर १० २०७९
नेपाल वाइड
खोटाङ, १० मंसिर । खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल जलेको छ । विद्युत सर्ट हुँदा रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका बीरबहादुर बिश्वकर्माको दुई तले प्लाष्टर गरेको जस्ताको छाना हालिएको पसल घरमा आगलागी भएको हो ।
शुक्रबार राती भएको आगलागीमा बिश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना पसल जलेर नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए ।
आगलागीमा बिश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।