Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङः प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत

    खोटाङः प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत


    • सोमवार, मंसिर १२ २०७९

    • नेपाल वाइड


    खोटाङः प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत
    मत गणना गर्दै कर्मचारी । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, १२ मंसिर । खोटाङमा प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा अन्य दलभन्दा बढी मत पाएको एमालेले प्रदेशसभातर्फ पनि पहिलो मत पाएको हो ।

    जिल्लाबाट समानुपातिक मत पाउने ३६ दलमध्ये एमालेले २४ हजार १५२ मत, कांग्रेसले १५ हजार ६८३ मत, माओवादी केन्द्रले १२ हजार ९९२ मत, नेकपा एकीकृत समाजवादीले तीन हजार ८७८ मत, राप्रपाले दुई हजार ६४९ मत र जसपाले दुई हजार ४८५ मत पाएको छ । समानुपातिक मतमा राप्रपाले जसपालाई उछिनेको छ ।

    मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १०६, जनमत पार्टीले ७५, मौलिक जरोकिलो पार्टीले ४, हाम्रो नेपाली पार्टीले ८५, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीले ४, नागरिक उन्मुक्ती पार्टीले ७, नेपालका लागि नेपाली पार्टीले १३, किरात खम्बुवान साझा पार्टीले २६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १८ ल्याएका छन् ।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ४, नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)को ३५१, मंगोल नेशनल अर्गनाइजेसनको १५१, नेपाल मजदुर किसान पार्टीको ४०, नेश्नलिष्ट पिपल्स पार्टीको ४, खम्बुवान राष्ट्रिय मोर्चा नेपालको १४३, नेपाल लोकतान्त्रिक पार्टीको १२, राष्ट्रिय जनमुक्ती पार्टीको ४, नेपाली कांग्रेस (विपी)को ३४, नेपाल जनता पार्टीको ४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)को ७० मत आएको छ ।

    नेपाल कम्यूनिष्ट पार्टीले १०, बहुजन शक्ति पार्टीले ३, विवेकशील साझा पार्टीले १५९, जनजागरण पार्टी नेपालले २०, सामाजिक एकता पार्टी/नेपाल कम्यूनिष्ट पार्टी समाजवादी/नेपाल दलित पार्टीले २९, आमुल परिवर्तन मसिहा पार्टी नेपालले २०५, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टीले ४३, नेपाल जनता दलले ६० र जनता समाजवादी पार्टी नेपालले ३० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार