Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडीमा अवरोध

    ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडीमा अवरोध


    • आइतवार, मंसिर १८ २०७९

    • नेपाल वाइड


    ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडीमा अवरोध
    मध्यपहाडी लोकमार्ग अन्तरगत ढिकुरेमा सडक आसपास थुप्रिएको ढुंगामाटो । तस्बीरः दमन राई

    खोटाङ, १७ मंसिर । खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लगायतका स्थानमा सडकमाथिबाट ढुंगा निकाल्ने क्रममा निस्किएको ढुंगामाटो यत्रतत्र मिल्काउँदा सवारी आवागमनमा अवरोध पुगेको हो । सडकमा थुप्रिएको ढुंगामाटोले सडक दुर्घटनाको जोखिम बढाएको छ ।

    सवारी आवागमनमा अवरोध पुगे पनि सडकमा थुप्रिएको ढुंगा माटो पन्छाउनमा कसैको ध्यान नपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गजेन्द्र राईले बताए ।

    सडक, नहर, भवन लगायतका भौतिक संरचना निर्माणका लागि मध्यपहाडी आसपासबाट ढुंगा निकालिएको हो । ढिकुरेमा सडकभन्दा माथिबाट ढुंगा झिक्नेक्रममा सडकको कुना र डिलमा ढुंगामाटो थुप्रिएको छ ।

    सोल्मामा ढुंगामाटोले सडकको आधा भाग ओगटेको छ । जग्गा धनीले निर्माण सम्वद्ध व्यक्तिलाई ढुंगा बिक्री गर्नेगरेका छन् । ढुंगा बिक्रीबाट कतिपय स्थानीयले राम्रो आम्दानी पनि लिने गरेका छन् ।

    तर ढुंगा झिक्ने पक्षले ढुंगामाटो नपन्छाइ छोड्दा समस्या भएको हो । सडकमा थुप्रिएको ढुंगामाटो पन्छाउनका लागि आग्रह गरे पनि बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष हरिप्रसाद चौंलागाईले बताए ।

    ‘जग्गा धनीले ढुंगा बिक्री गर्छन् । तर ढुंगा झिक्नेले सडकमा झरेको ढुंगामाटो नपन्छाइ जान्छ,’ वडाध्यक्ष चौंलागाईले भने, ‘ढुंगामाटो पन्छाउन लगाए पनि पन्छाइएको छैन । ढुंगा झिके पनि सडकलाई असर पुग्नु भएन ।’

    khani-stone mine near road_khotang (1).jpg

    मध्यपहाडी लोकमार्ग अन्तरगत सोल्मामा रहेको ढुंगा खानी ।

    सम्बन्धित समाचार