Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार राई विरुद्धको साइवर क्राईम मुद्धालाई काउन्सिलमा पठाउन गृह–मन्त्री समक्ष माग

    पत्रकार राई विरुद्धको साइवर क्राईम मुद्धालाई काउन्सिलमा पठाउन गृह–मन्त्री समक्ष माग


    • आइतवार, मंसिर १८ २०७९

    • नेपाल वाइड


    पत्रकार राई विरुद्धको साइवर क्राईम मुद्धालाई काउन्सिलमा पठाउन गृह–मन्त्री समक्ष माग
    सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहमार्फत गृह–मन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीलगायत ।

    खोटाङ, १८ मंसिर । नेपाल पत्रकार महासंघ शाखा खोटाङले उदयपुरका पत्रकार गजेन्द्र राई विरुद्धको साइवर क्राईम मुद्धालाई प्रेस काउन्सिल अन्तरगत लैजान गृह–मन्त्री समक्ष माग गरेका छन् ।

    सोमबार गृह–मन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महासंघले समाचार लेखेको विषयमा पक्राउ परेका पत्रकार राई बिरुद्धको साईबर क्राईम सम्वन्धी मुद्धालाई प्रेस काउन्सिल समक्ष पठाउन माग गरेका हुन् ।

    महासंघका अध्यक्ष दिलीप खत्रीले आइतबार सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहमार्फत पठाएको ज्ञापन–पत्रमा समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साइबर अपराधको झुटो मुद्दा लगाएर पत्रकार राईलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ ।

    महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको झुटा मुद्दा खारेज गरी विना शर्त रिहाइको माग गरेको छ ।

    ‘यसले प्रेस स्वतन्त्रताकै धज्जी उडाएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘यसर्थ हामी देशभरका पत्रकारहरु आन्दोलित हुन बाध्य छौँ ।’ यसअघि १४ मंसिरमा पनि महासंघ शाखाले विज्ञाप्ती प्रकाशित गर्दै पत्रकार राईको बिना शर्त रिहाइको माग गरेको थियो ।

    नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानीपोष्ट डटकमका सञ्चालक रहेका राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ गरेको थियो ।

    उनलाई निगरानीपोष्टमा प्रकाशित ससुरा र बुहारीबीचको अवैध सम्वन्ध सम्वन्धी भिडियो र समाचारको विषयलाई लिएर प्रहरीले चुनावी रिपोर्टिङ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । खोटाङको बुईपा घर भइ हाल उदयपुर बसेर पत्रकारिता गरिरहेका राईलाई हाल साईबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।

    नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरिरहेका छन् ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेश काउन्सिल नेपालले पनि काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने मुद्धामा प्रहरीले कारबाही चलाउनु कानुनविपरित भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

    सम्बन्धित समाचार