शुक्रवार, मंसिर २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामुलक र्याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामुलक र्याली निकालेको हो ।
जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिषरमा पुगेर समापन गरिएको थियो । डिएसपी मञ्जिल मुकारुङको संयोकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, सामुदायीक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमय लगायतको उपस्थिति रहेको थियो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ । दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।





