शनिवार, मंसिर २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ मंसिर । खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसीरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चुयन गरेको हो ।
बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोश्रोपल्ट समानुपातिक सांसद बनेकी हुन् ।
उनी २०७० सालमा समानुपातिक सांसद बनेकी थिईन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लड्दा एमालेका बिशाल भट्टराईसँग पराजित भएकी बजिमय यसपल्ट पुःन समानुपातिक प्रणालीमार्फत संसद छिर्ने अवशर पाएकी हुन् ।
ओखलढुंगामा जन्मिएकी बजिमयले २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती सुरु गरेकी थिईन । कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसदको टुङ्गो लगाएको छ ।