सोमवार, मंसिर २६ २०७९
नेपाल वाइड
खोटाङ, २६ मंसिर । खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को १ ज ३०२७ नम्बरको खाली सुमो दुर्घट्ना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाईते भएका हुन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएका कारण घाइतेलाई दिक्तेलकै फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेका घाइतेलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । घाइतेको दाहिने हातमा पनि समस्या देखिएको छ ।