Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङको बाक्सिलामा आगलागी हुदाँ बजारका पाँच घर नष्ट

    खोटाङको बाक्सिलामा आगलागी हुदाँ बजारका पाँच घर नष्ट


    • सोमवार, पौष ४ २०७९

    • नेपाल वाइड


    खोटाङको बाक्सिलामा आगलागी हुदाँ बजारका पाँच घर नष्ट
    बाक्सिला बजारमा भएको आगलागी । तस्बिर : सामाजिक सञ्जाल

    खोटाङ, ४ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको छ । सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो ।

    बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् ।

    साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७.२० बजेतिर नियन्त्रणमा लिएका छन् ।

    आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

    क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो । अधिकांश जस्ताले छाएको कच्ची घर तथा पसल रहेको बजार आगलागीको उच्च जोखिममा छ ।

    सम्बन्धित समाचार