Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आगलागी पिडितलाई पुःर्नस्थापना र राहत प्रदान गर्ने केपिलासगढीको निर्णय

    आगलागी पिडितलाई पुःर्नस्थापना र राहत प्रदान गर्ने केपिलासगढीको निर्णय


    • सोमवार, पौष ४ २०७९

    • नेपाल वाइड


    आगलागी पिडितलाई पुःर्नस्थापना र राहत प्रदान गर्ने केपिलासगढीको निर्णय
    बाक्सिला बजारमा भएको आगलागी । तस्बिर : सामाजिक सञ्जाल

    खोटाङ, ४ पुस । खोटाङको केपिलासगढी गाउँपालिकाले बाक्सिला बजारका आगलागी पिडितलाई तत्काल पुःर्नस्थापना गर्दै राहत प्रदान गर्ने निर्णय गरेको छ ।

    सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका बाक्सिला बजारका पाँच परिवारको तत्काल पुःर्नस्थापना गर्ने र आवश्यक राहत उपलव्ध गराउने निर्णय गरेको हो ।

    घटना लगत्तै गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पिडितलाई आगलागी पिडित परिवारहरुलाई लागि क्षतीपुर्ती उपलव्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    साँझ करिब साँढे पाँच बजे सुरु भएको आगोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।

    गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो । अधिकांश जस्ताले छाएको कच्ची घर तथा पसल रहेको बजार आगलागीको उच्च जोखिममा छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मञ्जिल मुकारुङले बताए ।

    सम्बन्धित समाचार