Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बाक्सिलाका आगलागी पिडितको सहयोगार्थ राहत संकलन सुरु

    बाक्सिलाका आगलागी पिडितको सहयोगार्थ राहत संकलन सुरु


    • बुधवार, पौष ६ २०७९

    • नेपाल वाइड


    बाक्सिलाका आगलागी पिडितको सहयोगार्थ राहत संकलन सुरु
    आगलागीका कारण ध्वस्त बनाएको बाक्सिला बजारका घरहरु ।

    खोटाङ, ५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागी पिडितलाई राहत रकम जुटाउन थालिएको छ । सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ती गुमाएर विस्थापित भएका र क्षती बेहोरेका पिडितको सहयोगार्थ खोटाङ उद्योग बाणिज्य संघ तथा उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढी, स्थानीय समाजसेवी, वुद्धिजीवी, राजनैतिक दलको सहयोगमा रकम संकलन सुरु गरिएको हो ।

    मंगलबार बाक्सिला बजारमा सञ्चालन गरिएको घरदैलो अभियानबाट चार लाख ५५ हजार ९५ रुपैयाँ सहयोग रकम संकलन गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए । संकलन भएको रकमध्ये दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको चार लाख ५२ हजार २९५ रुपैयाँ रकम अग्नी पिडितलाई वितरण गरिएको छ ।

    dfdfffff.jpg

    आगलागीका कारण ध्वस्त बनाएको बाक्सिला बजारका घरहरु ।

    आगलागीबाट पिडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही ५० हजार २५५ रुपैयाँका दरले राहत रकम वितरण गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष राईले जानकारी दिए ।

    बाक्सिलाका आगलागी पिडितको सहयोगार्थ एकद्धार प्रणालीमार्फत सहयोग संकलन अभियान सुरु गरिएको हो । आगोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।

    fdfdfdf.jpg

    आगलागीका कारण ध्वस्त बनाएको बाक्सिला बजारका घरहरु ।

    त्यी घरमा भाडामा कोठा लिएर व्यापार गरिरहेका अन्य व्यवसायीले पनि क्षती वेहोरेका छन् । आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ । गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

    केपिलासगढी गाउँपालिकाले विस्थापित परिवारको तत्काल पुःर्नस्थापना गर्ने र आवश्यक राहत उपलव्ध गराउने निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पिडितलाई आगलागी पिडित परिवारहरुलाई लागि क्षतीपुर्ती उपलव्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    ddd.jpg

    सम्बन्धित समाचार