शनिवार, पौष ९ २०७९
नेपाल वाइड
खोटाङ, ८ पुस । विद्युत सट हुँदा खोटाङमा तीन घर जलेको छ । शनिबार दिउँसो विद्युत सर्ट भएर आगागी हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेको हो ।
आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
आगलागीमा मैयाको घर सहित नगद एक लाख, २० तोला चाँदी, मोवाईल, टिभी लगायतका सामान जल्दा २७ लाख ४५ हजार बराबरको क्षती भएको छ ।
यस्तै, कृष्णको घर, नगद एक लाख ५० हजार, दुई तोला सुन, मोवाईल लगायतका सामान जल्दा २८ लाख ८३ हजार ५०० र कर्णको घर र घरभित्र भएका मालसामान जल्दा करिब २८ लाख २८ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
मैयाँको घरमा विजुलीको तार सर्ट हुँला आगलागी सुरु भएको थियो । दिउँसो ३.४५ बजे सुरु भएको आगो दमकल सहित प्रहरी र स्थानीयबासीले ४.४० बजे नियन्त्रणमा लिएका थिए । घटना लगत्तै आगलागीबाट विस्थापितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत प्रदान गरेको छ ।