Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार र निर्माण व्यवसायीबिच जुहारी

    पत्रकार र निर्माण व्यवसायीबिच जुहारी


    • शनिवार, पौष ९ २०७९

    • नेपाल वाइड


    पत्रकार र निर्माण व्यवसायीबिच जुहारी
    पत्रकार सम्वद्ध संघ संगठन र निर्माण व्यवसायी संघ खोटाङले निकालेको विज्ञप्ती ।

    खोटाङ, ९ पुस । खोटाङमा समाचार लेखेको विषयमा पत्रकारलाई पैसाको बार्गेनिङ गरेको आरोप लगाएको भन्दै पत्रकार सम्वद्ध संघ संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

    पुस ८ गते जायजुम अनलाईन डटकममा प्रकाशित ‘दिक्तेल नगरः आफ्नै कार्यविधि कुल्चेर उपभोक्ता समिति गठन’ शिर्षक समाचारको विषयमा पत्रकार दिवस रिजाललाई निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले फेसबुकमा पैसा बार्गेनिङ गरेको अभिव्यक्ती दिएकोप्रति नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले शनिबार संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

    समाचारमा चित्त नबुझे खण्डन गर्ने वा कानुनी उपचारको प्रशस्त आधारहरु हुँदाहुँदै समग्र पत्रकारको चरित्र हत्या गर्न खोज्नु दुःखद भएको विज्ञाप्तीमा उल्लेख छ । पत्रकार सम्वद्ध संघ संगठनले बार्गेनिङ गरेको प्रमाण भए पेश गर्न वा प्रमाणित गर्न चेतावनी दिएका छन् ।

    महासंघका सह–सचिव चिसाङ शेर्पा, प्रेस युनियनका सभापति उत्तम चौंलागाई, प्रेस चौतारीका अध्यक्ष सञ्जिव राई र प्रेस सेन्टरका अध्यक्ष रामधन राईले जारी गरेको विज्ञाप्तीमा आवेगमा बिना प्रमाण सामाजिक सञ्जालमा आरोप/प्रत्यारोप नगर्न आग्रह गरिएको छ । पत्रकार रिजालले जिल्ला प्रशासन कार्यालयबाट लोकसेवा आयोगको कार्यालय हुँदै अस्पताल जोड्ने सडक निर्माण उपभोक्ता समितिमाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेका थिए ।

    निर्माण व्यवसायीले फर्काए प्रत्युत्तर

    विज्ञाप्तीमार्फत पत्रकारको धारणा आए लगत्तै निर्माण व्यवसायी संघ खोटाङले प्रत्युत्तर फर्काएको छ । विज्ञाप्ती जारी गर्दै निर्माण व्यवसायी संघले ‘एक नामधारी’ पत्रकारबाट निर्माण व्यवसायी, उपभोक्ता समिति र नगरको धज्जी उँडाउने काम हुँदा सिंगो पत्रकार आवेग र हलुकाढंगसँग प्रस्तुत हुनु खेदयोग्य र आपत्तीजनक रहेको धारणा सार्वजनक गरेका छन् ।

    नगरको कार्यविधि सुक्ष्म तरिकाले अध्ययन गर्न अनुरोध गर्दै पत्रकार रिजाल र उपभोक्ता समितिका अध्यक्ष थापाबीचको कल डिटेल्सको खोजी गरी सत्यतथ्य बाहिर ल्याउन निर्माण व्यवसायी संघको माग छ । विज्ञाप्तीमा ‘धम्क्याउने, थर्काउने, तर्साउने र असुल्ने’ गरेको आरोप लगाउँदै सो प्रथाको अन्त्य गर्न भनिएको छ ।

    सम्बन्धित समाचार