Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गाईघाटबाट दिक्तेल जाँदै गरेको बस पल्टियो, छ यात्रु घाईते

    गाईघाटबाट दिक्तेल जाँदै गरेको बस पल्टियो, छ यात्रु घाईते


    • आइतवार, पौष १० २०७९

    • नेपाल वाइड


    गाईघाटबाट दिक्तेल जाँदै गरेको बस पल्टियो, छ यात्रु घाईते
    बुईपामा सडकबाट करिब पाँच मिटर तल पल्टिएको याुत्रबाहक बस ।
    खोटाङ, १० पुस । खोटाङमा बस दुर्घटना हुँदा छ घाईते भएका छन् । उदयपुरको गाईघाटबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको प्र १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा पल्टिँदा गर्भवती सहितका यात्रु घाईते भएका हुन् ।
     
    आज विहान करिब १०ः४० बजे बुईपाबजार पार गरेको बस स्वास्थ्यचौकी भन्दामुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा बुईपा खिरीका २९ वर्षीय बिरेन्द्र घिमिरे, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका गर्भवती १६ वर्षकी रेनुका भुजेल, बुईपा कट्टीका दिलकुमारी श्रेष्ठ, ऐसेलुखर्क गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका ७३ वर्षका आइते सार्की र सुस्मिता ढुंगाना घाईते भएको जिल्ला प्रहरी कार्याल खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
     
    घाइतेमध्ये बिरेन्द्रको अवस्था गम्भीर छ । उनलाई बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेका थिए । गम्भीर अवस्थाका बिरेन्द्र, गर्भवती रेनुका र दिलकुमारीलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठ्माडौं पठाइएको छ ।
     
    सामान्य अवस्था रहेको अन्य घाईतेको स्वास्थ्यचौकी बुईपामा उपचार भइरहेको छ । घटना लगत्तै चालक र सह–चालक फरार भएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । सह–चालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सह–चालकले सडकमा बांगोटिंगो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको यात्रु युवराज खनालले बताए ।
     
    सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षती हुन नपाएको यात्रुले बताएका छन् । गम्भीर अवस्थाका बिरेन्द्र, गर्भवती रेनुका र दिलकुमारीलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठ्माडौं पठाइएको छ ।

    सम्बन्धित समाचार