Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बाम्राङका आगलागी पिडितलाई वडा कार्यालयको खाद्यान्न

    बाम्राङका आगलागी पिडितलाई वडा कार्यालयको खाद्यान्न


    • आइतवार, पौष १० २०७९

    • नेपाल वाइड


    बाम्राङका आगलागी पिडितलाई वडा कार्यालयको खाद्यान्न
    आगलागी पिडितलाई वडा कार्यालयद्धरा खाद्यान्न सामग्री हस्तान्तरण गर्दै ।

    खोटाङ, १० पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका आगलागी पिडितलाई राहत जुट्न थालेको छ । शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा विस्थापित भएका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको परिवारलाई संस्थागत र व्यक्तीगत रुपमा राहत तथा नगद सहयोग जुट्न थालेको हो ।

    आगलागीबाट विचल्नीमा परेका आगलागी पिडितलाई आइतबार वडा कार्यालय बाम्राङले १६ हजार बराबरको चामल, दाल, नुनतेल र मसला उपलव्ध गराएको छ । वडाध्यक्ष महेन्द्र राईले आगलागी पिडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।

    वडाध्यक्ष राईले व्यक्तीगत रुपमा प्रतिपरिवार दुई हजारका दरले अग्नी पिडितलाई आर्थिक सहयोग गरेका छन् । सोही कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी कार्यपालिका सदस्य मिना कार्कीले व्यक्तीगत रुपमा कुर्तासुरुवाल, चिया, चिनी, नुन, मसला प्रदान गरेकी छन् ।

    यस्तै, ऐसेलुखर्कका रमेश राजभण्डारीले अग्नी पिडितलाई नगद २० हजार, पाँच वटा ज्याकेट र सानो बच्चाका लागि एकजोर जुत्ता प्रदान गरेका छन् । सोलुखुम्बु दुधकुण्ड नगरपालिका–५ का थिरबहादुर श्रेष्ठले आगलागी पिडितलाई सिरक, तन्ना र सिरानीको सेट सहयोग गरेका छन् । स्थानीय कालिका कृषक समुहले ३० हजार, १० जना छिमेकीबाट ३१ हजार ५८० र नौ छिमेकीबाट अन्न संकलन गरिएको आफन्त शिवकुमार श्रेष्ठले बताए ।

    पिडितलाई प्राकृतिक प्रकोप सहयोग कोषको मल्हम

    यस्तै, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले मैयाँलाई १० हजार तथा कर्ण र कृष्णलाई सात/सात हजार आर्थिक सहयोग गरेका छन् । आगलागी पिडितलाई कोषका अध्यक्ष भोगेन एक्लेले नगद हस्तान्तरण गरेका छन् ।

    खोटाङ समाज हङकङले स्थापना गरेको कोषबाट आगलागी पिडितलाई सहयोग प्रदान गरिएको कोषाध्यक्ष युगसन किरातले बताए । घटना लगत्तै आगलागीबाट विस्थापितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत प्रदान गरेको थियो ।

    आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको छ । आगलागीबाट विस्थापित भएका मैयाँको परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । कृष्ण र कर्ण भने जलेकै घरमा बसिरहेका छन् ।

    help for fire victims_bamrang (1).jpg

    खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषद्धारा अग्नी पिडितलाई आर्थिक सहयोग प्रदान गर्दै कोषका अध्यक्ष भोगेन एक्ले ।

     

    सम्बन्धित समाचार