सोमवार, पौष ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ पुस । ज्येष्ठ नागरिक दिवसको अवसरमा खोटाङमा संगिनी नाच प्रदर्शन गरिएको छ । दोश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार ज्येष्ठ नागरिकले दिक्तेलमा संगिनी नाच प्रदर्शन गरेका हुन् ।
दिवसको अवसरमा दिक्तेलबजारमा र्याली निकालेपछि मन्दीरडाँडामा संगिनी नाच प्रदर्शन गरिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
संगिनी नाचका लागि ज्येष्ठ नागरिक संघले दिक्तेलका रेजिना आचार्य, मुन आचार्य, रचना रिजाल, लक्ष्मी आचार्य, रोचना आचार्य, मैयाँ आचार्य र राधिका आचार्यको टोलीलाई बोलाएको थियो ।
कार्यक्रममा टंकप्रसाद आचार्य र खड्गप्रसाद बस्नेतले श्लोक सुनाएका थिए । दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेलका ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।

