Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अग्नी पिडित छात्रलाई दिक्तेल इंलिस बोर्डिङ स्कुलको सहयोग

    अग्नी पिडित छात्रलाई दिक्तेल इंलिस बोर्डिङ स्कुलको सहयोग


    • मंगलवार, पौष १२ २०७९

    • नेपाल वाइड


    अग्नी पिडित छात्रलाई दिक्तेल इंलिस बोर्डिङ स्कुलको सहयोग
    आगलागी पिडित छात्र/छात्रालाई आर्थिक सहयोग प्रदान गर्दै ।

    खोटाङ, १२ पुस । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलले आगलागी पिडित छात्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । पुस ९ गते भएको आगलागीबाट विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका छात्र जोयल श्रेष्ठलाई दिक्तेल इंलिस बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको हो ।

    मंगलबार बिहान दिक्तेल इंलिस बोर्डिङ स्कुलले छात्रका अभिभावक जिसन श्रेष्ठलाई नगद ५० हजारको चेक हस्तान्तरण गरेको छ । दिक्तेल इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत छात्र श्रेष्ठलाई सोही स्कुलमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालयकातर्फबाट रकम जुटाएर सहयोग गरिएको प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए ।

    विद्यालयकातर्फबाट व्यवस्थापन समितिका अध्यक्ष नुरकाजी शैंजूले अभिभावक जेसन श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । स्कुलले छात्र श्रेष्ठलाई एक सेट ट्र्याकसुट र टाइबेल्ट पनि प्रदान गरेको छ । आगलागीबाट विस्थपित भएका छात्रको दैनिक जीवनयापनमा सहयोग पु¥याउनका लागि आर्थिक र पोशाक सहयोग गरेको स्कुलले जनाएको छ ।

    आगलागी पिडित छात्रलाई शैंजु पुस्तक पसल दिक्तेलका प्रोपाइटर उत्सव शैंजुले एक सेट पुस्तक र स्टेशनरी प्रदान गरेका छन् । यस्तै, दुर्गाफेन्सी स्टोर रत्नपार्क दिक्तेलका प्रोपाइटर दिनेश राजभण्डारीले दुई सेट ड्रेस र मोजा प्रदान गरेका छन् ।

    विद्युत सर्ट हुँला भएको आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।

    opopo.jpg
    pppp.jpg
    आगलागी पिडित छात्र/छात्रालाई पोशाक सहयोग गर्दै ।

    सम्बन्धित समाचार