Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सञ्जाल

    खोटाङ : डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सञ्जाल


    • मंगलवार, पौष २६ २०७९

    • नेपाल वाइड


    खोटाङ : डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सञ्जाल
    डिभिजन वन कार्यालयले आयोजना गरेको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन गोष्ठी ।

    खोटाङ, २७ पुस । सामुदायीक वनमा लाग्ने डढेलो नियन्त्रणका लागि खोटाङमा अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको छ । हिउँदको सुक्खा मौसम सुरु भएसँगै लाग्ने डढेलोबाट सामुदायीक वनलाई जोगाउनका लागि डिभिजन वन कार्यालय खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको हो ।

    लफ्याङमा स्थानीय देउले सामुदायीक वनका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा ११ सदस्यीय र विजयखर्कमा जुरेथुम्का सामुदायीक वनका अध्यक्ष राजनप्रसाद ढकालको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

    डढेलोको प्रकोप बढ्ने याम पारेर डिभिजन वन कार्यालयले आयोजना गरेको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन गोष्ठीको अवशरमा दुई स्थानमा अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको सव–डिभिजन वन कार्यालय दिक्तेलका रेञ्जर हरिकाजी राईले जानकारी दिए ।

    गोष्ठीमा सहभागीलाई वन जंगललाई डढेलोबाट बचाउनका लागि सुक्खा मौसममा गर्नुपर्ने र गर्न नहुने क्रियाकलाप, डढेलो लाग्न नदिने क्रियाकलापदेखि डढेलो लागिहालेमा तत्काल अपनाउनुपर्ने सावधानी, उद्धार तथा राहतको वारेमा जानकारी गराइएको छ ।

    वनमा लाग्न सक्ने डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालयबाट डढेलो नियन्त्रण सम्वन्धी सामग्री लिने र त्यस्ता सामग्रीलाई उपयुक्त स्थानमा राखेर आवश्यक परेको बेला प्रयोगमा ल्याउने निर्णय गरिएको छ ।

    लफ्याङमा आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत जगदीश रेग्मी र सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले वन डढेलो नियन्त्रणका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    बिजयखर्कमा भएको कार्यक्रमलाई वडाध्यक्ष रामबहादुर कट्वालले बोलेका थिए । उक्त कार्यक्रममा सव–डिभिजन वन कार्यालय दिक्तेलका रेञ्जर राईले सहजीकरण गरेका थिए ।

    सम्बन्धित समाचार