आइतवार, माघ १ २०७९
नेपाल वाइड
खोटाङ, १ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको देविस्थान सामुदायीक वन उपभोक्ता समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र लफ्याङमा फैलिएको सामुदायीक वन उपभोक्ता समितिको साधारणसभा मंगलबार मझुवागढीमा सम्पन्न भएको हो ।
साधारणसभाले देविस्थान सामुदायीक वन क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रवद्र्धनका लागि कार्ययोजना पास गरेको छ । देविस्थान सामुदायीक वन क्षेत्रभित्र रहेका ऐतिहासिक गढी, देबिस्थान लगायतका सम्पदाको संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्ने योजना सहित कार्ययोजना बनाइएको वन उपभोक्ता समितिले जनाएको छ ।
सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्बरबहादुर भुजेलको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम महासंघका प्रदेश महासंघका सचिवालय सदस्य सुर्यबहादुर राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।