Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    झिसेपुका अग्नी पिडितलाई बाम्राङ परिवार हङकङको सहयोग

    झिसेपुका अग्नी पिडितलाई बाम्राङ परिवार हङकङको सहयोग


    • आइतवार, माघ १ २०७९

    • नेपाल वाइड


    झिसेपुका अग्नी पिडितलाई बाम्राङ परिवार हङकङको सहयोग
    खोटाङ प्राकृतिक प्रकोप कोषद्धारा आगलागी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै कोषका अध्यक्ष भोगेन एक्लेलगागयत ।

    खोटाङ, १ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी पिडितलाई बाम्राङ परिवार हङकङले आर्थिक सहयोग गरेको छ । गत पुस ९ गते भएको आगलागीबाट लाखौंको धन सम्पत्ती गुमाएका स्थानीय मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई बाम्राङ परिवार हङकङले दुई लाख ९० हजार ८१३ रुपैयाँ आर्थिक सहयोग पठाएको हो । २० जना दाताबाट संकलन गरेर पठाइएको रकम वडा कार्यालय बाम्राङको आयोजना तथा खोटाङ प्राकृतिक प्रकोप कोषको व्यवस्थापनमा आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ ।

    यस्तै, काठ्माडौं सल्लेली तथा आफन्तबाट संकलन गरेर केशवकुमार श्रेष्ठमार्फत पठाइएको ५१ हजार पाँच रुपैयाँ र अन्य आफन्त तथा शुभेच्छुकबाट संकलन भएको ३२ हजार ६० रुपैयाँ सहयोग पनि आगलागी पिडितलाई हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।

    आफन्त तथा शुभेच्छुकबाट संकलन भएको रकम बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, खोटाङ प्राकृतिक प्रकोप कोषका अध्यक्ष भोगेन एक्लेले पिडित परिवारलाई हस्तान्तरण गरेका छन् । मैयाँको घरमा विद्युत सर्ट भएर सुरु भएको आगोले मैयाँ सहित कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेको थियो । सो आगलागीमा तीन परिवारको ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।

    सम्बन्धित समाचार