Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते

    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते


    • आइतवार, माघ १ २०७९

    • नेपाल वाइड


    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते
    सौतेनी आमाको कुटपिटबाट घाइते भएकी बालिका ।

    खोटाङ, १ माघ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल आचार्यको कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाईते भएकी हुन् ।

    कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा चोट लागेका बालिकालाई उपचारका लागि काठ्माडौं लगिएको छ । सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेकोबेला कुटपिट गरेको आफन्त हिरालाल आचार्यले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ ।

    सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।

    घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनिताकालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए । घरमा बुवा नभएकोबेला बिनितामाथि कुटपिट भएको थियो ।

    सम्बन्धित समाचार