Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण

    उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण


    • शुक्रवार, माघ ६ २०७९

    • नेपाल वाइड


    उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण
    पत्रकार महासंघ खोटाङले जारी गरेको प्रेस विज्ञाप्ती ।

    खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

    जायजुम अनलाईनमा पत्रकार दिवस रिजालले उपमेयर राईको आठ महिनाको सेवा सुविधा सम्वन्धी लेखेको समाचारका विषयमा उपमेयर राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिएका उपमेयर राईले माघ ५ गते आफ्नो कार्यकक्षमा पत्रकारलाई बोलाएर मानमर्दन हुने गरी अभिव्यक्ती दिएको महासंघले जनाएको छ ।

    प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने र सम्बन्धित सञ्चार माध्यमले खण्डन प्रकाशित नगरे कानूनी उपचारमा जाने प्रावधान हुँदाहुँदै उपप्रमुख जस्तो गरिमामय पदमा आशीन व्यक्तिबाट ‘गुहु खुवाएर सत्कार गर्छु, पत्रुकार, केटो, प्याउसो, फुच्चे’ जस्ता शब्दहरु प्रयोग गरेर पत्रकारलाई गालीगलौज गरेको भन्दै महासंघका अध्यक्ष दिलीप खत्रीले शुक्रबार प्रेस विज्ञाप्तीमार्फत खेद प्रकट गरेका छन् ।

    माघ ५ गतेको छलफलकैक्रममा उपमेयर राईले पत्रकार रिजाललाई ‘केटो, पत्रुकार’ जस्ता शव्द प्रयोग गरेको महासंघका अध्यक्ष खत्रीले बताए । ‘यसभन्दा अगाडि पनि उपप्रमुख राईले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अभद्र शब्दहरु सम्प्रेषण गर्नु भएको थियो ।

    पत्रकार सम्मेलनमा उपप्रमुख राईले बोल्नु भएको लवजको रेर्कड र उहाँले सामाजिक सञ्जालमा पटक–पटक उल्लेख गर्नुभएका क्रियाप्रतिक्रियाहरु पत्रकार महासंघसँग सुरक्षित छन्,’ विज्ञाप्तीमा भनिएको छ, ‘स्थानीय नेतृत्व र सञ्चार क्षेत्रवीच साविक रुपमा सौहार्दता कायम गर्न महासंघ आग्रह गर्दछ ।’ महासंघले पत्रकार रिजाललाई पनि समाचारको सत्यतथ्यको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र महिना दिन निगरानीमा राख्ने निर्णय गरिएको जनाएको छ ।

    सम्बन्धित समाचार