सोमवार, माघ ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ माघ । प्रदेश १ मा नेपाली कांग्रेसको प्रमुख सचेतकमा सांसद भुपेन्द्र राई नियुक्त भएका भएका छन् । कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१)मा व्यवस्था भए अनुसार राईलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यालयले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो । कांग्रेस प्रदेश १ का महामन्त्री रहेका राई खोटाङ प्रदेशसभा (ख)बाट प्रदेश सांसदमा विजयी भएका थिए । २०७४ मा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष बनेका राई गत सम्पन्न निर्वाचनबाट प्रदेश सांसदमा फड्का मारेका हुन् ।