Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा अढाई महिनादेखि बेपत्ता व्यक्ती मृत फेला

    खोटाङमा अढाई महिनादेखि बेपत्ता व्यक्ती मृत फेला


    • सोमवार, माघ १६ २०७९

    • नेपाल वाइड


    खोटाङमा अढाई महिनादेखि बेपत्ता व्यक्ती मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ, १६ माघ । खोटाङमा अढाई महिनाअघि बेपत्ता भएका व्यक्ती मृत फेला परेका छन् । गत कात्तिक २८ गतेदेखि वेपत्ता भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका धुर्वजित राई आइतबार मृत फेला परेका हुन् ।

    बेपत्ता राईको शव दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिरान भस्मे मुनिको तारेभिरमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक देनुकुमार कार्कीले बताए ।

    रुख कटान गरिरहेका स्थानीयले बाँदर खेदाउने क्रममा घनाजंगलमा राईको फेला पारेर प्रहरीलाई खबर गरेका थिए । मृत्यु भएको लामो समय वितेकाले कुमभन्दा मुनिको भाग जमिनमा खसेको रुखमा टाउको मात्र झुण्डिरहेको अवस्थामा शव फेला परेको हो ।

    घट्नास्थलमा भेटिएको कपडा, घरबाट लगेको डोरी, टाउकोमा भएको पुरानो चोटको आधारमा शव पहिचान गरिएको हो । शवको पहिचान गरेर परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    श्रीमती घरमा नभएको बेला छोराछोरीलाई गाईबस्तुलाई घाँस लगाइदिन भन्दै हिँडेका राई सम्पर्क विहिन बनेका थिए । खोजी गर्दा नभेटिएपछि आफन्तले खोजीका लागि प्रहरीलाई उजुरी दिएका थिए । उनी कांग्रेस वडा सचिव हुन् ।

    सम्बन्धित समाचार