Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ

    चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ


    • मंगलवार, माघ १७ २०७९

    • नेपाल वाइड


    चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, १७ माघ । खोटाङमा चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । जबरजस्ती चोरी मुद्धामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैंद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भइ धरान मंगलबारे बस्ने ३२ वर्षीय धनिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

    चोरी मुद्धामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक महिना १५ दिन कैंद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्धा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

    यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार